२६ जेठ,काठमाडाैं
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका ल्याब टेक्निसियन ५० हजार घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छैठौं तहका अधिकृत (ल्याब टेक्निसियन ) लेखनाथ भट्टराईलाई घुससहित पक्राउ गरेको हो ।
सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिँदै गर्दा उनलाई शंखुमलबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ। उनले ल्याब दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरि दिने भन्दै ५० हजार घुस लिएको अख्तियारले जनाएको छ ।








