२६ जेठ, काठमाडाैं
आज राष्ट्रिय सभा बैठक बस्दैछ । सङ्घीय संसद् भवन बानेश्वरमा बिहान ११ः३१ बजे बैठक सुरु हुनेछ ।
बैठकमा आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने कार्यसूची छ।
बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने संभावित कार्यसूची तय भएको छ।
सरकारले गत जेठ १५ गते आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गरेको हो। प्रमुख प्रतिपक्षी नेकपा एमालेलगायत रास्वपा र राप्रपाले बजेट सच्याउन माग गरेको छ।