२६ जेठ, काठमाडाैं
डडेल्धुरामा शुक्रबार बिहान जिल्लाकाे नवदुर्गा गाउँपालिका -१ कोटेलीमा से१ज ३२९ नम्बरको जीप दुर्घटना भएकाे छ।
चरिचरनका लागि जंगलमा लगिरहेका बाख्राका कारण जीप दुर्घटाना भएको हो। बाख्रा बचाउन खोज्दा जीप सडकमा नै पल्टिएर ९ जना यात्रु घाइते भएका छन् । बाख्रालाई बचाउने क्रममा जीप अनियन्त्रित भइ सडकमै पल्टिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी मनोहर भट्टका अनुसार उक्त जीप नवदुर्गा १ निम्तोलादेखि डडेल्धुरा सदरमुकाम आइरहेको थियो।
उनीहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइएको डिएसपी भट्टले जानकारी दिए। जीप सोही ठाउँका ५७ वर्षीय राजबहादुर बोहराले चलाएका थिए।