२६ जेठ,काठमाडाैं
अर्थमन्त्री संसदमा उपस्थित नभएपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।
प्रतिनिधिसभामा बजेट विषयमा छलफलको क्रममा अर्थमन्त्री डा. प्रकाशशरण महत राष्ट्रिय सभामा रहेकाले सभामुखले १५ मिनेटको लागि बैठक स्थगित गरेका हुन् ।
रास्वपाकी सांसद सुमना श्रेष्ठले संसदको बैठकमा अर्थमन्त्री उपस्थित हुनुपर्ने भन्दै नियमात्ति गरेपछि सभामुखले अर्थमन्त्री आएपछि बैठक संचालन हुने भन्दै बैठक स्थगित गरेका छन् ।