२८ जेठ, काठमाडाैं

रिलायन्स फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनीको जेठ २६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्ष को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ६ दशमलव ५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ० दशमलव ३४ प्रतिशत नगद लाभांश गरि कुल ६ दशमलव ८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।