२८ जेठ, काठमाडाैं
ठाकुरबाबा नगरपालिका—९ बन्तरियमा चितुवाले आक्रमण गर्दा पाँच जना घाइते भएका छन् ।
बन्तरियास्थित बाटो छेउमा रहेको दलिराम चौधरीको घर नजिक मकैबारीमा रहेको चितुवाको भिडियो खिचिरहेको समयमा चितुवाले एक्कासि आक्रमण गर्दा ५ जना घायते भएकाे प्रहरीले बताए।
जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डिएसपी हिक्मतबहादुर बोहोराले चितुवाको आक्रमणमा ठाकुरबाबा–९ का ४९ वर्षीया सीता थरुनी, ३० वर्षीय सोमप्रसाद थारु, ४० वर्षका सोहराम थारु, ४० वर्षिय रामदास चौधरी र २८ वर्षीय चन्द्र बोगोटी सामान्य घाइते भएको बताए ।
उनीहरुको स्थानीय मेडिकलमा उपचार भइ घर फर्केका छन् । घटनालगतै निकुञ्जबाट आएको टोलीले चितुवालाई नियन्त्रणमा लिएर बर्दिया राष्ट्रिय निकुञ्जमा छाडिदिएको उनले बताए ।








