२८ जेठ, काठमाडाैं
नेपाली कांगेसका महामन्त्री एवं प्रतिनिधिसभा सांसद गगन कुमार थापाले बजेट प्रणालीमा सुधार आवश्यक रहेको बताएका छन्। बजेटमाथिको छलफलका क्रममा आइतबार थापाले करका दर हेरफेरबारे राजस्व बोर्ड बनाउन सुझाव दिएका हुन्।
“बजेट प्रणालीमा सुधार गर्न आवश्यक छ। राजश्व बोर्ड बनाउनुपर्छ। बोर्ड बनाइसकेपछि यसले एक्जिक्युभिटको काम गर्छ। एड्भाइजरको काम पनि गर्छ। करका दर हेरफेर गर्न पाइन्छ। नत्र किन विधेयक ल्याउनुर ? एउटा एउटा करको दर हेरफेर किन गरेको ? औचित्य के हो ? छुट दिए भने छुटको भार कति पर्यो ? छुट हटाए भने छुट हटाउँदा कुन उद्देश्य राखिएको हो ?,” थापाको भनाइ छ, “त्यसमा फरक कति आयो ? कुन प्रमाणको आधारमा छुट दिएँ । त्यसको अध्ययन कहाँ भयो ?”
यस्तै उनले बजेट क्लालेन्डर नै फेर्नु पर्ने बताए ।








