काठमाडाैं,

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले यथास्थितिवादी तथा अवसरवादी शक्तिहरू समय वा परिस्थितिको दास बन्दै गएको टिप्पणी गरेका छन्।

सोमाबार सामाजिक संजालमा एक पोस्ट गर्दै डा. भट्टराईले ती शक्तिहरुले रङ्ग बदल्ने र भीडको पछि दौडने बताएका हुन्।विश्व र नेपाली इतिहासले यतिबेला सबैको परीक्षा लिइरहेको बताउँदै विवेकको प्रयोग गरेर आ–आफ्नो कित्ता स्पष्ट पार्नुपर्ने भट्टराईको भनाई छ।

‘जिउँदो माछा पानीको धार÷छाल विरुद्ध पौडिन्छ! मरेको माछा धार÷छालसँगै बग्छ! परिवर्तनकारी÷अग्रगामी शक्ति र व्यक्तिहरू समय वा इतिहासको प्रतिक्रान्तिकारी÷कट्टरपन्थी धार÷छाल विरुद्ध उभिन्छन्,लड्छन्’ उनले लेखेका छन्, ‘समाजलाई अग्रगामी बाटो देखाउँछन्! युगीन सङ्कट र सम्भावनाको दोसाँधमा उभिएको वर्तमान विश्व र नेपाली इतिहासले यतिबेला सबैको परीक्षा लिँदैछ! विवेकको प्रयोग गरौँ। आ–आफ्नो कित्ता रोजौँ!’