३० जेठ, काठमाडाैं

विमानस्थल सञ्चालनमा आएको एक वर्षपछि मंगलबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय नियमित उडान सुरु गरेको हो।

अन्तर्राष्ट्रिय विमानस्थलमा मलेसियाको क्वालालम्पुरबाट आएको विमानको स्वागत संस्कृति पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किरातीले गरे । एक सय ५८ सिट क्षमताको नेपाल एयरलाइन्सको न्यारोबडी विमानले भैरहवाको पहिलो उडानमा करिब १ सय यात्रु मलेसियाबाट ल्याएको हो।

विमानमा मलेसियामा रोजगारी गरेर घर फर्केका नेपालीहरूका साथै मलेसियाका पर्यटन व्यवसायीहरू गरी विमानबाट ३१ जना यात्रु भैरहवा अवतरण गरेका छन्। बाँकी काठमाडौं अवतरण गर्नेछन्। निगमले अहिले मलेसिया-भैरहवाको भाडा ३१ हजार र मलेसिया-काठमाडौँ ५६ हजार रुपैयाँ भाडा दर तोकेको बताएको छ।