रुसद्वारा युक्रेनमा १० क्षेप्यास्त्र र १० ड्रोन आक्रमण

समाचार शेयर गर्नुहोस्

३१ जेठ, काठमाडाैं

रुसले पछिल्लो २४ घण्टामा आफ्नो राष्ट्रमा १० वटा क्षेप्यास्त्र र १० वटा ड्रोन हतियार आक्रमण गरेको युक्रेनले बताएको छ ।

ब्ल्याक सीबाट प्रहार गरिएको ४ मध्ये ३ क्षेप्यास्त्र खसाइएको तर एक क्षेप्यास्त्रले भने ओडेसा शहरको आवासीय अपार्टमेन्टमा क्षति पुर्‍याएको युक्रेनको भनाइ छ ।रुसी कालिबर क्षेप्यास्त्र आवासीय अर्पामेन्टमा आक्रमण हुँदा ६ जना सर्वसाधारणको मृत्यु भएको रोयटर्सले जनाएको छ ।

यस्तै, युक्रेनका अनुसार अन्य ६ मिसाइल भने डोनेट्स्क क्षेत्रमा प्रहार भएको थियो । रुसले इरानमा निर्मित १० वटा ड्रोन हतियार पनि आफ्नो देशमा आक्रमण गरेको युक्रेनले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *