३२ जेठ, काठमाडाैं
दक्षिण ग्रिसको तटमा प्रवासीले भरिएको माछा मार्न प्रयोग गरिने डुङ्गा पल्टिँदा कम्तीमा ७९ को मृत्यु भएको छ । दुर्घटनामा हालसम्म सयभन्दा बढीलाई सुरक्षित निकालिएको छ ।मिडिया रिपोर्टका अनुसार घटना बुधबार बिहान भएको हो।
उद्धार गरिएकालाई कालामाता सहर लगिएको छ । कालामाटाका मेयरले उद्धार गरिएका सबै १६ देखि ४१ वर्षका रहेको बताए।डुङ्गामा महिला र बालबालिका पनि सवार रहेको उनले बताए । राति अन्धकारका कारण खोजी तथा उद्धार कार्य स्थगित गर्नुपरेको तटरक्षकले जनाएको छ। डुबेकाहरुको खोजी कार्य बिहीबारबाट पुनः सुरु गरिने छ। सञ्चारमाध्यमका अनुसार दुर्घटना हुँदा डुङ्गामा कति जना सवार थिए भन्ने खुलाइएको छैन।