३२ जेठ, काठमाडाैं
गए राति परेको वर्षाका कारण पहिरो खस्दा हेटौँडा काठमाडौँ जोड्ने २ वटा सडक खण्ड अवरुद्ध भएका छन् । ललितपुरको भट्टेडाँडामा गएको पहिरोले कान्ति लोकपथ र मकवानपुरको इन्द्रसरोस्थित सिस्नेरीमा गएको पहिरोले कुलेखानी–सिस्नेरी राजमार्ग अवरुद्ध भएको हो ।
सडक अवरुद्ध हुँदा सवारी साधनहरु बाटोमै रोकिएको र पहिराेका कारण केही सवारी साधनमा समेत क्षती पुगेकाे प्रहरीले जनाएकाे छ। प्रहरीका अनुसार दुबै सडक खण्डमा खसेको पहिरो पन्छाउने काम भइरहेको छ।








