३ असार, काठमाडाैं

काठमाडौं महानगरपालिकाले भोलि सोमबारदेखि महानगरभित्रका हलहरूमा भारतीय फिल्मको प्रदर्शन रोक्ने भएको छ ।

भारतीय फिल्म ‘आदिपुरुष’ भएको विवादित संवाद भारतमा नहटाएपछि महानगरले काठमाडौंमा चल्न नदिने तयारी अघि बढाएको हो।

मेयर शाहको निर्देशनपछि नगर प्रहरीले आइतबार बेलुकासम्म सबै हलमा पुगेर भारतीय फिल्म नचलाउन निर्देशन दिने भएको छ । प्रदर्शन रोक्न आग्रह गर्दा पनि नमाने नगर प्रहरी नै परिचालन गरिने भएको हो ।