४ असार, काठमाडाैं
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने पक्राउ परेका छन् । उनलाई सोमबार प्रहरीले काठमाडौं जिल्ला अदालत परिसरबाट होहल्ला गरेको भन्दै पक्राउ गरिएको बताइएको छ।
समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि २०७७ असोज २० गते नेविसंघका कार्यकर्ताले साङ्घातिक आक्रमण गरेका थिए । त्रिवि नेविसंघ अध्यक्ष हरि आचार्यको समूहले चलाउनेमाथि आक्रमण गरेको थियो ।
आचार्यसहित ५ जनाविरुद्ध जिल्ला अदालत काठमाण्डुमा मुद्दा परेको थियो । तर, सरकारले नेविसंघका कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेको छ ।
आफूमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध धर्ना दिन आज चलाउने जिल्ला अदालत, काठमाण्डु पुगेका थिए । त्यसैक्रममा आउनलाई प्रहरीले पक्राउ गरेर प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।








