५ असार, काठमाडाैं

विद्यार्थीबाट कुटिएका त्रिविका उपप्राध्यापक प्रेम चलाउनेलाई न्यायको माग गर्दै बृहत् नागरिक आन्दोलनको ब्यानरमा प्रदर्शनमा उत्रिएकाहरूलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार काठमाडौं जिल्ला अदालत परिसरबाहिरबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

समाजशास्त्रका उपप्राध्यापक प्रेम चलाउने माथि २०७७ असोज २० गते सांघातिक हमला गर्नेहरूलाई मन्त्रीपरिषदको बैठकले उन्मुक्ति दिने निर्णय गरेको विरोधमा वृहत् नागरिक आन्दोलन नाम दिइएर जिल्ला अदालत अगाडि प्रदर्शन भएको हो।