५ असार, काठमाडौं
सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंह चढेको गाडी दुर्घटना भएको छ।
दुर्घटनामा उनकी श्रीमतीसहित २ जनाको मृत्यु भएको र सिंहको टाउकोमा चोट लागेको छ।
मन्त्री सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी मंगलबार डडेलधुराबाट चैनपुर आउँदै गर्दा दुर्घटना हुँदा मन्त्री सिंहकी पत्नी र भाउजूको मृत्यु भएको हो ।
दुर्घटनामा मृत्यु हुनेमा पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंह रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका मन्त्री सिंहसहित तीन जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत नेपालगन्ज लगिएको छ ।