६ असार,काठमाडाैं
चीनको औपचारिक भ्रमण पूरा गरी राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आज स्वदेश फर्किएका छन् ।
नौ सदस्यीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा रहेका उनी दस दिने भ्रमण पूरा गरि चीनको सिचुवान प्रान्तको छेन्दुबाट चार्टड विमान मार्फत पोखरा विमानस्थलमा ओर्लिएका हुन् ।
पोखरा विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडानका यात्रुका रुपमा आइपुगेका अध्यक्ष तिमिल्सिना नेतृत्वको प्रतिनिधि मण्डललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले स्वागत गरेका छन् ।
चार्टर्ड विमानमा चीनबाट नेपाल–चीन फ्रन्डसीप ड्रागन वोट फेस्टिभलमा सहभागी हुने खेलाडीहरु आउँदैछन् । पोखराको फेवातालमा असार ८ र ९ गते (२३–२४ जुन २०२३ )मा फेस्टिभल हुँदैछ ।