काठमाडाैं,असार ६ गते । मिटरब्याजीहरु पनि लेनदेन कारोवार सहज गर भन्दै माइतीघर मण्डलामा धर्नामा बसेका छन्। तराईका विभिन्न जिल्लाबाट आएका मिटरब्याजीहरू पीडित लेनदेन संघर्ष समितिको अगुवाइमा धर्नामा बसेका हुन्।

उनीहरुले लेनदेन कारोबार सहज गर, सामाजिक सद्भाव कायम राख, प्रहरी दमन बन्द गर, २०८० को अध्यादेश खारेज गर जस्ता नारा लेखिएको प्लेकार्डसहित बोकेर प्रदर्शन गरिरहेका छन् ।