चीनकाे निङ्जिया शहरमा ग्यास विस्फाेष्ट हुँदा ३१ जनाकाे मृत्यु

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

चीनको उत्तर-पश्चिमी क्षेत्रको निङ्जिया शहरमा बुधवार राति ग्यास विस्फोट हुँदा कम्तीमा ३१ जनाको ज्यान गएकाे छ। यो विस्फोट निङ्जियाकाे यिनचुआन शहरमा रहेको एक बारबेक्यू रेस्टुरेन्टमा भएको हो।

विस्फोटमा ७ जना घाइते भएका समाचार संस्था सीएनएनले जनाएको छ । शरीर आगोले जलेका तथा चोटपटक लागेका उनीहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार विस्फोटको घटनापछि चिनियाँ राष्ट्रपति सी जिनपिङले घाइते भएकालाई उपचारमा सबै सहयोग उपलब्ध गराउन तथा उद्योग तथा महत्वपूर्ण क्षेत्रहरूमा सुरक्षा सावधानी बलियो बनाउन निर्देशन दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *