काठमाडाैं,
पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई पत्नी शाेक परेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापकसमेत रहेका चन्दको धर्मपत्नी दिव्यश्वरी चन्दको ८३ वर्षको उमेरमा निधन भएको हो ।
बिहीवार राति उपचारको क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। चन्द लामो समयदेखि पक्षघतबाट पीडित रहेको पारिवारिक स्रोतले जनाएको छ।