काठमाडाैं,

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम बहादुर चलाउनेले आजदेखि अनसन फिर्ता लिने भएका छन् ।

बिहीबार सर्वोच्च अदालतले उनीमाथि आक्रमण गर्नेविरूद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि आज दिउँसो १ बजेदेखि अनसन स्थगित गर्ने  भएका हुन्।

नेपाली कांग्रेसको भातृ संगठन नेविसंघका नेता तथा कार्यकर्ताले तीन वर्षअघि उपप्राध्यापक चलाउनेमाथि आक्रमण गरेका थिए। त्यस सम्बन्धी मुद्दा जिल्ला अदालत, काठमाडौंमा जारी रहेको छ।

मुद्दाको टुंगो नलाग्दै सरकारले फिर्ता लिने निर्णय गरेको थियो। त्यसका विरुद्ध उपप्राध्यापक चलाउनेले पाँच दिनअघि त्रिवि परिसरमा अनशन शुरू गरेका थिए।