काठमाडाैं,
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सांसदले बजेट संशोधन गर्न सक्ने व्यवस्था गर्नुपर्ने बताए । आज प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक लेखकले आजसम्म बजेट संशोधन हुन नसक्ने व्यवस्था रहेको भन्दै आगामी दिनमा सांसदले बजेट संशोधन गर्न सक्ने व्यवस्था गर्नुपर्ने बताएका हुन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख सचेतक लेखकले आजसम्म बजेट संशोधन हुन नसक्ने व्यवस्था रहेको भन्दै आगामी दिनमा संसदले बजेट संशोधन गर्नसक्ने व्यवस्था गर्नुपर्ने बताए । उनले बजेट संशोधन हुँदैन भने संसदभित्र बजेटको सम्बन्धमा भएको छलफलको औचित्यमाथि नै प्रश्न उठ्न थालेको भन्दै यसप्रति सबै गम्भीर हुनुपर्ने बताए । उनले बजेटको सवालमा संसदको भूमिका निर्धारण गर्न जरुरी रहेको बताए ।