काठमाडाैं,

बिहे गरेकाे ६ महिनापछि आफ्नाे श्रीमती केटा भएपछि उदयपुरका एक युवाले उजुरी दिएका हुन्।

जिल्लाको बेलका नगरपालिका ६ बबलाका २८ वर्षीय नम्बर राईले ६ महिना अघि बिहे गरेर ल्याएको श्रीमती पुरुषमा परिणत भएको भन्दै बुधबार इलाका प्रहरी कार्यालय रामपुरमा उजुरी दिएका हुन्।

राईले भोजपुरको रामप्रसाद राई गाउँपालिका ८ की युवतिसँग ६ महिनाअघि प्रेम विवाह गरेर घर भित्र्याएका थिए। तर, अहिले आएर एक्कासी आफ्नाे श्रीमती पुरुष भएको भन्दै उनले आपत्ति जनाएका छन्।

बिहे गरेर घर आए पनि किराँती संस्कार अनुसार चुला (पितृ देवता)मा पुजा कर्म नगरेसम्म सँगै सुत्न नहुने भन्दै श्रीमानसँग अलग रहँदै आएको रहस्य अहिले खुलेको हाे।

नम्बरकाे श्रीमती केटी नभइ ३१ वर्षिय राजु राइ रहेकाे प्रहरी अनुसन्धानमा खुलेकाे छ। उनलाइ झट्ट हेर्दा पुर्ण रूपमा महिला जस्ताे देखिएता पनि वास्तवमा भने पुरूष भएकाे  प्रहरी अनुसन्धानमा खुलेकाे हाे।

यसरी बिहे गरेकाे ६ महिनासम्म राजुले आफ्नाे श्रीमानलाइ आफु महिला नभइ पुरूष भएकाे कुरा लुकाउदै आएका थिए। राजुले ठगी गर्नकाे लागी नम्बरसँग  महिलाकाे भेषमा बिहेको नाटक गरेको र सुरुमै केही रकम लिएका थिए। घर भित्र्याएकाे ६ महिनासम्म साझा नगरेपछि गोप्य अनुसन्धान गर्दा उनको असली रहस्यको पर्दा खुल्नुका साथै राजुले नम्बरकाे २ लाख ७० हजार रकम हिनामिना गरेकाे खुलेकाे छ।