काठमाडाैं,

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई सुखमा सबै साथमा भएपनि आफू दुःखमा साथ दिन तयार रहेको बताएका छन्। आइताबार साझँ सामाजिक सञ्जालमार्फत साम्पाङले आफूले पसिनाको भेल बगाएर पानी ल्याएपनि धरानका दलहरूले मिलेर आफू विरुद्ध मुद्दा लगाएको गुनासाे गरेका थिए।

‘पसिनाको भेल बगाएर अनेक दुस्ख गरेर कोकाहाको पानी ल्याएँ । दुनियाँले बधाइ दिए तर धरानका दलहरू मिलेर मलाई मुद्दा लाए । यो कुरा जनताले आफ्नो करङमा लेखेर राख्नू’, उनले लेखेका छन्।
उनको स्टाटसमा जवाफ दिँदै मेयर शाहले कमेन्टमार्फत भनेका छन्, ‘केही फरक पर्दैन। कसैले केही भनेर, सोचेर केही फरक पर्दैन। तपाईं अगाडी पुगिसक्नु भो कि। पछाडि जसले जे बोले पनि फरक पर्दैन। सुखमा सबै साथमा भएपनि दुःखमा हामी छौँ। म छु। सबै हुनेछौँ।’