काठमाडाैं । ललिता निवास प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ । सोही प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले मंगलबार सात जनालाई पक्राउ गरेको हो ।
मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहसहित सात जनालाई पक्राउ गरेको सीआईबीले जनाएको छ । पक्राउ पर्नेमा देउजा, शाह, मीनबहादुर गुरुङ, धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली, गोपाल कार्की र भूपेन्द्रमणि केसी रहेको प्रहरीले जानकारी दिएको छ ।








