काठमाडाैं,
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकार वर्षौ देखिका विकृतिको डंगुर सफा गर्ने युद्धमा उत्रिएको टिप्पणी गरेका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री प्रचण्डले, ललितानिवास काण्ठ मिटरब्याजी र सहकारी ठगहरुमाथि कारवाही जस्ता विकृतिको डंगुर सफा गर्ने सुशासनको लडाईमा आफू लागेको भन्दै सदन र जनताको अझ धेरै समर्थनको आवश्यकता रहेको बताए ।
‘हिजो बाट प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवास काण्डकाे अभियूक्तहरु पक्राउ पर्न थालेका छन्। मिटरब्याजी र सहकारी ठगहरुमाथि कारवाही सुरु भइसकेको छ, वर्षौँदेखिको विकृतिको डंगुर सफा गर्ने सुशासनको लडाईंमा आफूलाई सांसद र जनताको अझ धेरै साथ आवश्यक रहेको बताउँदै उनले भने, ‘वेथितिको दुष्चक्र नभत्काएसम्म न देश अघि बढ्नेछ न लोकतन्त्र । म संकल्प गर्छु, कुनै पनि मूल्यमा विकृतिको यो डंगुर भत्काएरै छाडिनेछ ।’