काठमाडाैं,१३ असार
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्री कार्यालय र सचिवालयबाट सन्तुष्ट नभएको बताएका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको खर्च शीर्षकमाथिको प्रश्नहरुको जवाफ दिँदै उनले उक्त कुरा बताएका हुन्।
’प्रधानमन्त्रीको कार्यालय कतिको व्यवस्थित छ। के तपाइँ त्यसमा सन्तुष्ट हुनुहुन्छ?’, पन्तले प्रधानमन्त्रीलाई सोधेका थिए, ‘भारत भ्रमणको क्रममा इपिजी प्रतिवेदनलाई किन प्राथमिकता दिनुभएन? इपिजी प्रतिवेदन कहिले बुझ्नुहुन्छ?’ पन्तकाे जवाफमा प्रधानमन्त्री प्रचण्डले भन्नुभयाे, म सन्तुष्ट वास्तवमा छैन। सन्तुष्ट हुनका लागि केही नयाँ गर्न चाहेको छु,रघुजी पन्त जस्ता माननीय सदस्यहरुले राम्रो सुझाव दिनुभयो भने म पालना गर्छु।