काठमाडाैं, १४ असार

कञ्चनपुरमा घरको छतबाट लडेर एक जनाको मृत्यु भएको छ।

बुधबार राती १ः४५ बजेको समयमा घरको छतमा सुत्न जाने क्रममा लडेर घाइते भएका भीमदत्त नगरपालिका–२ उल्टाखामका ६७ वर्षीय देवीलाल शाहको मृत्यु भएकाे प्रहरीले जनाएकाे छ।

छतबाट खसेर घाइते भएका उनकाे उपचारकाे लागी महाकाली प्रादेशिक अस्पतालमा पुर्याइएकाे थियाे तर, डाक्टरले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जनाइएको छ।