काठमाडाैं,१५ असार
बिहीवार दिउँसाेदेखि बन्द भएकाे भएको नारायणगढ–मुग्लिन सडक खण्ड थप पहिरो नखसे आज शुक्रवार बेलुकीसम्ममा सञ्चालनमा आउने भएको छ ।
सडक खण्डकाे इच्छाकामना गाउँपालिका–५ को तीन किलोमा बिहीवार दिउँसो १ बजे पहिरो खसेपछि सडक बन्द भएको हो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशकुमार पौडेलका अनुसार आज बिहान साढे ८ बजेदेखि दुवै तर्फबाट पहिरो पन्छाउने काम भइरहेको छ।
पाैडेलका अनुसार थप पहिराे नखसेमा बेलुकी ५ बजेसम्ममा सडक सञ्चालन गर्न सकिने गरी काम भइरहेकाे छ।