काठमाडाैं,१५ असार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग माछा र केराको आयात रोक्न सहयोग मागेका छन् ।
राष्ट्रिय धान दिवस मनाउन एउटै विमानमा चितवन पुगेका अध्यक्ष ओली र सभापति लामिछानेले विमानस्थलमै संक्षिप्त कुराकानी गरेका थिए। संक्षिप्त कुराकानीका क्रममा लामिछानेले माछा र केरा आयातमा रोक लगाउने अभियान चलेको बताउँदै त्यसमा सहयोग गर्न ओलीसँग आग्रह गरेका हुन् ।
लामीछाने ओलीसँग भने, ‘आत्मनिर्भर चितवन सुरू भएको छ। माछा र केराचाहिँ विदेशको यहाँ ल्याउन पाइँदैन भनेर अभियान चलिरहेको छ।त्यसमा तपाईंहरूको मद्दत चाहियो,’