काठमाडाैं,१७ असार
काठमाडौँमा जुवातास खेल्ने ८ जना पक्राउ परेकाे छ।
काठमाडौं महानगरपालिका १८ नरदेवी बस्ने बिनिता पौडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनिहरूलाइ नगद १५ हजार २ सय १० रूपैँया र ४ बुकतास सहित फेला पारी पक्राउ गरेकाे हाे।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएकाे छ।








