काठमाडाैं,१७ असार

काठमाडौं महानगरपालिकाले अग्नि निवारण तथा सडक दुर्घटना उद्धारसम्बन्धी प्रतिकार्य अभ्यासको प्रदर्शनी गरेको छ ।

काठमाडौंको खुल्ला मञ्चमा विभागले ग्यास चुहावट भएर भान्सामा हुने आगलागी, प्रज्ज्वलनशील पदार्थ राखिएको भण्डारणमा हुने आगलागी, आवासीय र व्यापारिक भवनमा हुने आगलागीका साथै सडक दुर्घटनामा हुने उद्धार र प्राथमिक उपचारको तरिकाबारे प्रदर्शन गरेको हो।