काठमाडौं,१८ असार

मेचीनगर नगरपालिका–१० मा आज बिहान जङ्गली हात्तीले कुल्चेर वृद्धाको मृत्यु भएको छ ।

पूजा गर्न फूल टिप्न हिँड्ने क्रममा आज बिहान ८० वर्षीया पन्नादेवी साहलाई सडकमा हात्तीले कुल्चेर मृत्यु भएको वडा नम्बर १० का वडाध्यक्ष नारायण खनालले जानकारी दिए ।