काठमाडाैं, १८ असार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण आगामी सेप्टेम्बरमा हुने भएको छ ।

नेपाल प्रेस युनियन कैलालीको छैटौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्ने क्रममा परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री दाहालको चीन भ्रमण आगामी सेप्टेम्बरमा हुने तय भएको बताएका हुन् ।

केहि समयअघि प्रधानमन्त्री दाहालले आफ्नो पहिलो विदेश भ्रमण भारत गरेका थिए । भारतलगत्तै दाहाल चीन भ्रमणमा जाने तयारीमा थिए । तर, मिति भने खुलासा भएको थिएन । आज विभागीय मन्त्री साउदले प्रधानमन्त्री दाहालको चीन भ्रमण आगामी सेप्टेम्बरमा हुने बताएका हुन् ।