काठमाडाैं,१८ असार
अदालतभित्र कर्मचारी कुटेको आरोपमा वकिललाई पक्राउ गरिएको विरोधमा उपत्यका बार एसोसियसन र ललितपुर बार एसोसियसनले विरोध प्रदर्शन गरेका छन् । सोमवार ललितपुर जिल्ला अदालत परिसरमा वकिलहरुले विरोध प्रदर्शन गरेका हुन् ।
लामिछानेले सोही अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि बुधवार कार्यकक्षमा काम गरिरहेकै अवस्थामा लामिछानेले कुटपिट गरेको आरोप लागेको थियो।
उक्त घटनाको विरोधमा प्रेमिकाको पक्षमा रहेकाे अदालतका कर्मचारीले आइतवार दिउँसो साढे १ बजेसम्म देशैभरीका सम्पूर्ण अदालतहरुमा कामकारवाही बन्द गर्न गरेका थिए। लामिछाने पक्षधर कानुन व्यवसायीले भने सोमवार जिल्ला अदालत पाटनमा विरोध प्रदर्शन गरेका हुन्।








