काठमाडाैं, १८ असार

भोजपुरमा भरुवा बन्दुक पड्किएर एकजनाको मृत्यु भएको  छ ।

साल्पासिलिछाे–३ का १९ वर्षीय सुसन राईकाे मृत्यु भएकाे हाे। दुम्सी मार्न भनी भरूवा बन्दुक बाेकेर गएका राई आज  बिहान घर नजिकै रहेकाे मकैबारीमा बन्दुक पड्किएर मृत अवस्थामा फेला परेका हुन्।

घटनास्थलमा एउटा दुम्सी मरेको अवस्थामा रहेको र मृतक राईलाई समेत तिघ्रामा छर्राले लागेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।