काठमाडाैं, १९ असार
काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले काठमाडौंको हनुमान ढोका परिसरमा सवारी साधन प्रवेशमा रोक लगाएका छन्।
आज बिहान सामाजिक सञ्जालमार्फत काठमाडौं मुख्यत: प्राचीन र ऐतिहासिक कालीगढीको उदाहरण भएको र यहाँको पहिचान भनेकै यहाँका सम्पदा भएको भन्दै महानगरका मेयर बालेन शाहले सञ्जालमार्फत उक्त निर्णय गरिएको जानकारी उल्लेख गरेका हुन्। यस्तै उनले प्राचिन सम्पदाकाे माैलिकता र साैन्दर्यतालाइ जाेगाउनका लागी सवारी प्रवेशमा राेक लगाइएकाे बताएका छन्।
उनले भनेका छन्, ‘ काठमाडौँ मुख्यरुपमा प्राचिन र ऐतिहासिक कालीगढीको उदाहरण हो। काठमाडौँको पहिचान भनेकै यहाँका सम्पदाहरु हुन्। विश्वलाई गौरवसाथ देखाउन सक्ने, हामीले शानसँग व्यवसायीकता अंगाल्न सक्ने भनेकै यीनै सम्पदा र यीनको प्राचीन मौलिकता पनि हुन्। यहि हेर्न, अनुभव गर्न र रमाउन लाखौँ पर्यटकहरु आउन सक्छन्। वसन्तपुर हनुमानढोका यस मध्येकै एक हो, जहाँ दिनमा हजारौँ पर्यटकहरु आउने र लाखौँ आउन सक्ने सम्भावना छ। यीनीहरुको मौलिकता, सौन्दर्य र परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य हुन अत्यावश्यक छ। यसैले हनुमानढोका परिसर भित्र सवारी साधनहरुलाई निषेध गरिएको छ।’