दक्षिण अफ्रिकामा ग्यास चुहावट भएर १६ जनाको मृत्यु

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,२१ असार

दक्षिण अफ्रिकामा ग्यास चुहावट भएर १६ जनाको मृत्यु भएको छ। यो घटना जोहानेसबर्गको बोक्सबर्गमा भएको हो।

मृत्यु हुनेमा बालबालिका र महिला रहेका स्थानीय अधिकारीहरुले बताएका छन्। नाइट्रेट अक्साइड ग्यास चुहावटका कारण दुर्घटना भएको अनुमान गरिएको छ।

नाइट्रेट अक्साइड ग्यास सामान्यतया अवैध सुन खानी द्वारा प्रयोग गरिन्छ। यसलाई जामा जमास भनिन्छ।बक्सबर्गको घना बस्तीमा ग्यास चुहिएको सिलिन्डर बरामद भएको छ।

मृतक चुहिएको सिलिन्डर बरामद भएको सय मिटरको दायराभित्र फेला परेका थिए। हालसम्म कसैलाई पनि अस्पताल नलगिएको बीबीसी समाचारमा उल्लेख छ।अझै धेरै जनाको शव फेला पर्न सक्ने आशंका गरिएको छ। उद्धार टोली घटनास्थलमा पुगेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *