काठमाडाैं,२१ असार

सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा बाबु-छोराको मृत्यु भएको छ।

बिहीबार बिहान साढे १० बजे कपुरकोट गाउँपालिका-३ चोरखोलामा गुडिरहेको रा १ ख ८३४ नम्बरको बसमा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ।

करेन्ट लागेर मृत्यु हुनेमा रोल्पा गंगादेव गाउँपालिका-४ का ६० वर्षीय बलरामा डाँगी र उनका छोरा ४२ वर्षीय टोपलाल छन्।चोरखोला नजिकै विद्युतको पोललाई सपोर्ट गर्न गाडेको पोललाई छुँदा बसमा करेन्ट लागेको थियो। बसमा १८ जना सवार थिए।

गम्भीर घाइते हुनेमा बसका मालिक छत्रेश्वरी गाउँपालिका-६ का ३४ वर्षीय महेन्द्र वली छन्। उनलाई उपचारको लागि कपुरकोटस्थित अस्पतालमा लगिएको छ।