काठमाडाैं,२१ असार
सरकारले ३५ करोड डलर ऋण लिने भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले दुई कामको लागि भन्दै ५ करोड र ३० करोड डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको हो।
भन्सार तथा लजिस्टिक सुधार कार्यक्रम अन्तर्गत एसियाली विकास बैंकबाट बजेटरी सहायताको रुपमा प्राप्त हुने ५ करोड डलर ऋण स्वीकार गर्ने निर्णय भएको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।
यस्तै उनले दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहायता (सासेक) राजमार्ग सुधारका लागि एसियाली विकास बैंक (एडीबी)बाट परियोजना सहायताको रुपमा ३० करोड डलर ऋण स्वीकार गर्ने निर्णय भएकोसमेत जानकारी दिइन्।