काठमाडाैं,२४ असार
कोशी प्रदेशका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आइतबार मन्त्रीमा नियुक्त गरेका जीवन आचार्य, राजेन्द्र कार्की र रामकुमार खत्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आइतबार भएको सपथग्रहणमा माओवादीबाट जीवन आचार्य, राजेन्द्र गौतम र कांग्रेसबाट रामकुमार खत्रीले शपथ ग्रहण गरेका हुन्।
यससँगै मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारमा मुख्यमन्त्री थापासहित ६ सदस्यीय मन्त्रीमण्डल गठन भएको छ। पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका आचार्यले आर्थिक मामिला तथा योजना मन्त्रालय पाएका हुन्।
त्यसैगरी, गौतम र खत्री भने विना विभागीय मन्त्रालयको जिम्मेवारीमा रहेका छन्।