काठमाडाैं,२४ असार

धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको कमला नगरपालिका २ माची झिटकैयास्थित खेतमा सिँचाइ गर्न गएका स्थानीय ५५ वर्षीय सर्यदेव ठाकुर बरहीको करेन्ट लागेर मृत्यु भएको हाे।

आज बिहान आफ्नै खेतमा धानको बीउमा पानी हाल्न गइरहेका बेला स्थानीय सत्यनारायण यादवले ओछयाएको मोटरको तार हटाउने क्रममा करेन्ट लागेर घट्नास्थलमै उनकाे मृत्यु भएकाे प्रहरी अनुसन्धानमा खुलेकाे छ।

यसबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।