काठमाडाैं,२४ असार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आग्रहमा आजका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ । यसअघि प्रधानमन्त्रीकै आग्रहमा आइतबार दिउँसो एक बजे बोलाइएको बैठक दिउँसो ३ बजे बस्ने गरी सारिएको थियो ।

आइताबार बिहान संसद् अवरोध खुलाउनेबारे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग प्रधानमन्त्री दाहालसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छलफल गरेका थिए । छलफलमा संसद् बैठकमा प्रधानमन्त्री दाहाललाई स्पष्टीकरण दिनका लागि सम्बोधन गर्न दिने नेताहरुबीच सहमति भएको थियो ।

प्रधानमन्त्री प्रचण्डले गएकाे असार १८ गते एक पुस्तक विमाेचन कार्यक्रममा दिएकाे अभिव्यक्तिलाई लिएर एमालेले संसदमा अवराेध गर्दै आएकाे थियाे ।