काठमाडाैं,२४ असार
काठमाडाैंमा सुनको सिक्री लुटपाट गर्ने पाँचजनालाई नेपाल प्रहरीको टोलीले पक्राउ गरेको छ । ‘मर्निङवाक’मा हिँडिरहेका महिलाले लगाएको सुनको सिक्री लुटपाट गर्ने समूहलाई पक्राउ गरी सार्वजनिक गरिएको हो ।
पक्राउ पर्नेमा रामेछाप घर भई काठमाडौंको हाँडीगाउँमा बस्दै आएका रविन दमाइँ, सुनसरीको धरान घर भई चाबेलमा बस्दै आएका रवि विश्वकर्मा, काभ्रे घर भई बानेश्वरमा बस्दै आएका उमेश क्षेत्री, धनकुटा घर भई बत्तीसपुतलीमा बस्दै आएका राहुल माझी र भारत घर भई न्युरोडमा बस्दै आएका श्रकान्ता माइती रहेका एसएसपी मनोज केसीले जानकारी दिए ।
पक्राउ परेकाहरूको साथबाट सुनको ढिक्का एकथान, सिक्री लुटपाट गर्न प्रयोग गरिएका दुई मोटरसाइकल, सुनको नेक्लेस ४७ ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।त्यस्तै विभिन्न स्थानमा लुटपाट गर्न प्रयाेग गरिएकाे माेटरसाइकलसहित उनिहरूलाइ पक्राउ गरिएकाे प्रहरीले जानकारी दिए।