काठमाडाैैं,२४ असार

बागलुङमा १५ वर्षीया बालिकाकाे बलात्कार गरेकाे आराेपमा एक किशाेर पक्राउ परेका छन्।

निसीखोला गाउँपालिका–४ का १७ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेकाे हाे।

स्थानीय जंगलमा किशोरले ती बालिकाको बलात्कार गरेको उजुरीपछि प्रहरी टाेली खटिएकाे थियाे।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।