काठमाडाैं, २५ असार

नेकपा एमालेका अध्यक्ष केपी सर्मा ओलीले पशुपतिनाथ मन्दिरमा गर्ने भनिएको पूजा स्थगित भएको छ । उनी पत्नी राधिकासहित सोमबार बिहान पशुपतिमा पूजा गर्ने तयारी थियो ।

तर, आज बिहान पशुपति जाने कार्यक्रम स्थगित भएको उनको सचिवालयले जनाएको छ । यद्यपि, पूजा गर्न जाने कार्यक्रम स्थगित हुनुको कारण खुलेको छैन ।

कतिपय मिडियाले जलहरी प्रकरणमा क्षमापूजा गर्नका लागि ओली पशुपतिनाथमा जान लागेको भनेर लेखेको भन्दै ओलीको सचिवालयले खण्डन गरेको छ।