काठमाडाैं, २६ असार
मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई ज्यान मार्ने धम्की दिने एक जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) को टोलीले ज्यान मार्ने धम्की दिने ती व्यक्तिलाई मङ्गलबार बिहान काठमाडौंको महाराजगञ्जबाट पक्राउ गरेको हो ।
सीआईबी स्रोतका अनुसार ती व्यक्तिले प्रसाईंसँग चन्दा भन्दै २० करोड रुपैयाँ माग गरेका थिए । प्रसाईंले सो रकम दिन अस्वीकार गरेपछि ती व्यक्तिले प्रसाईंलाई ज्यान मार्ने धम्की दिँदै आएका थिए । यस विषयमा थप विवरण आउन बाँकी रहेको छ ।








