काठमाडाैं,२६ असार

विद्युतिय व्यापार विधेयक,२०८० राष्ट्रियसभामा पेश भएकाे छ। मंगलबार बसेकाे बैठकमा उधाेग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उक्त विधेयक पेश गरेका थिए।

मन्त्री रिजालले नेपालमा विद्युतीय व्यापारको माध्यमबाट वस्तु तथा सेवाको खरिद-बिक्री बढ्दो क्रममा रहेको बताउँदै विद्युतीय माध्यमबाट हुने कारोबारलाई नियमन, सहजीकरण तथा व्यवस्थित र विश्वसनीय बनाउन विद्युतीय ऐन आवश्यक भएको बताए।