काठमाडाैं,२६ असार।

ललिता निवास प्रकरणमा आज थप दुई जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आज तत्कालीन मालपोत कार्यालयका नायव सुब्बा योगराज पौडेल र खरिदार नारायणदास मिश्रलाई काठमाडाैबाटै पक्राउ गरेको हो । उनीहरुमाथि थप छानबिनका लागि भन्दै काठमाडौँबाटै पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

यस प्रकरणमा हाल प्रोफाइलका नेता, सरकारी कर्मचारीदेखि लिएर व्यवसायीहरु समेत समातिएका छन् । योसँगै पक्राउ पर्नेको संख्या १४ पुगेको छ।