काठमाडाैं,२७ असार

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी जीवनसंगिनी सीता दाहालको निधन भएको छ ।

उनको आज बिहान ८:३३ बजे असामयिक निधन भएको हो ।६९ वर्षीय दाहालको उपचारका क्रममा बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।

त्यस्तै  बुधबारका लागी बाेलाइएकाे कांग्रेस केन्द्रीय कार्य समिति बैठक स्थगित भएकाे छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधन भएपछि कांग्रेसले बैठक स्थगित गरेकाे हाे। अब केन्द्रीय समितिकाे बैठक साउन २ गतेदेखि सुरू हुनेछ।

पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठकका अजेन्डा तय गर्न पदाधिकारीसहितका शीर्ष नेताहरूको बैठक बोलाएका थिए।